स्वतन्त्र गजल
हरेक समस्याको समाधान खोज्दै छु ।
मन्दिर बाहिर पनि भगवान खोज्दै छु
बारम्बार अधिकार लुटिए पछि यहाँ ।
गाउँ बस्ती बाट पहिचान खोज्दै छु ।।
म जस्तै हजारौं पिडित नागरिकलाई ।
राज्यको अधिकारबाट सम्मान खोज्दै छु ।।
पुर्खाहरुको आत्माले सताए पछि ।
आर्यघाटमा गएर चिहान खोज्दै छु ।
हराउन सक्छ्न् नेपाली लोक भाकाहरु ।
देशलाई चिनाउने राष्ट्रिय गान खोज्दै छु ।।
राज तिमिल्सेना
बाजुरा
No comments:
Post a Comment