…………………गजल…………………
जिन्दगीमा अनेक कष्ट भोग्दा भोग्दै ।
विलीन भए सपनाहरु सोच्दा सोच्दै ।।
पीडा सहेर बाँचेको छु,म एकान्तमा ।
तिम्रा यादहरुले छाती पोल्दा पोल्दै ।।
मन मिलेर माया बस्यौ ,भाग्य जुरेन ।
गयौ तिमी पराई संग रोक्दा रोक्दै ।।
छ्ट्पटिएर बाँचेको छु , मरुभूमिमा ।
प्यास मेट्ने पानी खोज्दा खोज्दै ।।
@राज तिमिल्सेना (बाजुरा )
No comments:
Post a Comment