________गजल______________
मुट्टु झिकी उपहार दिन्छु भन्दिन म ।
पैसा तिरेर प्यार किन्छु भन्दिन म ।।
आफन्त नै पराई बन्दो रहेछ्न दुखमा ।
स्वार्थी दुनियाँलाई चिन्छु भन्दिन म ।।
भुलेर कतै तिम्रा यादहरु आए पनि ।
पलपल तिम्लाई सम्झिन्छु भन्दिन म ।।
भाग्य लेख्ने बिधाताले के लेखेको छ ।
कसैको हाँसो खुसि छिन्छु भन्दिन म ।।
पराई बन्नु बाध्यता छ तिम्ले र मैले ।
प्यारको सट्टा बदला लिन्छु भन्दिन म ।।
राज तिमिल्सेना
बाजुरा
kya dami
ReplyDelete