Saturday, August 22, 2015

आर्यघाटमा महल बनाए (गजल)

गजल  --------------

आर्यघाटमा महल बनाए ,मसान चुपचाप छ्न ।
मन्दिरबाट मुर्ती चोरिए ,भगवान चुपचाप छन ।।

सीता घरमै छोडेर राम बिदेश जान्छ्न अचेल ।
घरबाट सीता हरण हुदाँ हनुमान चुपचाप छ्न ।।

जलको सट्टा सराब चढाउन्छ्न देउताको नाममा
मन्दिरका पुजारी बाहुन ,सन्तान  चुपचाप छन ।।

हिन्दुको  अपमान गर्दै हिड्छन धर्म बिरोधिहरु ।
बम्ह्रा ,बिष्णुले जर्माएका ,बरदान चुपचाप छन ।।

राज तिमिल्सेना
बाजुरा,कोटिला १

No comments:

Post a Comment