Thursday, September 17, 2015

नयाँ संबिधानको दिप बाल्नु पर्छ अब

-गजल
नयाँ संविधानको दिप बाल्नु पर्छ अब ।
गाउँ  बस्तीबाट कदम चाल्नु पर्छ अब ।।

बारम्बार देशभक्त  सहिद  बनेका छ्न ।
देशद्रोहिहरुको शासन ढाल्नु पर्छ अब ।।

कयौं समाजहरु अन्धकार मै छन अझै ।
समाजको  कुसंस्कार फाल्नु पर्छ अब ।।

पेट भरी खाना छैन, झुपडी बासिलाई ।
सरकारले गरिबलाई  पाल्नु  पर्छ अब ।।

बाजे बाउले एउटै नेतालाई रोजेका छ्न ।
सक्षम नेता  खोजी भोट हान्नु पर्छ अब ।।

Raaz Timilsena
बाजुरा

No comments:

Post a Comment