Friday, July 1, 2016

‪#‎गजल‬
जुन ताराको अभाव नदेउ |
एक्लै जिउने दबाब नदेउ ||
रानी सोचेर भित्याएको छु |
अन्तै प्रेमको पस्ताब नदेउ ||
धड्किने मुट्टुको धड्कन हो 
पीडा भुलाउने सराब नदेउ ||
जहाँ बस्नु छ ,खुसी हुन छ |
दुख कष्ट पर्दा तनाव नदेउ ||   

Thursday, November 26, 2015

मुट्टु झिकी उपहार दिन्छु भन्दिन म

_______गजल_______________
मुट्टु झिकी उपहार दिन्छु भन्दिन म ।
पैसा  तिरेर  प्यार   किन्छु भन्दिन म ।।

दुखमा आफन्त नै पराई बन्दो रहेछ्न  ।
स्वार्थी  दुनियाँलाई  चिन्छु  भन्दिन म ।।

भुलेर कतै तिम्रा  यादहरु  आए पनि ।
पलपल तिम्लाई सम्झिन्छु भन्दिन म ।।

भाग्य लेख्ने बिधाताले के लेखेको छ ।
कसैको हाँसो ,खुसि छिन्छु भन्दिन म ।।

पराई बन्नु  बाध्यता  छ तिम्ले र मैले ।
प्यारको सट्टा बदला लिन्छु भन्दिन म

राज तिमिल्सेना
बाजुरा,कोटिला १

Tuesday, November 17, 2015

विदेशको उपहार : इन्डक्सन चुल्हो भारतीय सीमामा इलेक्ट्रिक चुल्होको कारोबार बढ्यो


नविन अर्याल

१ मंसिर, काठमाडौं । धुम्बाराहीका शक्ति महर्जनले दुबईबाट घर फर्किंदा इन्डक्सन चुल्हो बोकेर आए । नेपालमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि परिवारको आग्रहमा उनले इन्डक्सन चुल्हो ल्याएका हुन् ।

ग्यासको अभाव खेपिरहेको महर्जन परिवारमा इन्डक्सन चुल्हो आएपछि खुशी छाएको छ ।

महर्जन एकजना उदाहरण मात्र हुन् । उनीजस्तै विदेशबाट आउने अधिकांशले इन्डक्सन चुल्हो र त्यसमा पकाउने भाँडाहरु बोकेर आउन थालेका छन् ।

पछिल्लो समय विदेशबाट आउने धेरैजसो यात्रुहरुले इन्डक्सन चुल्हो ल्याउन थालेको एयरलाइन्स सञ्चालकहरु बताउँछन् । बजारमा ग्यास पाउन छाडेपछि सर्वसाधारणले विकल्पका रुपमा इन्डक्सन चुल्हो, हिटर र राइस कुकर प्रयोगमा ल्याइरहेका छन् ।

ग्यासको अभावसँगै नेपालमा इन्डक्सन चुल्होको माग हृवात्तै बढेपछि बजारमा अभाव देखिएको छ । यही अभावको मौका छोपेर व्यवसायीले चुल्होको मूल्य अत्याधिक बढाएपछि विदेशबाट मगाउन थालिएको हो ।

विदेशबाट घर आउँदा परिवारलाई सबैभन्दा महत्वपूर्ण उपहार इन्डक्सन चुल्हो बनेको छ । यसअघि लुगा कपडा तथा ग्याजेटहरु महत्वमा पर्ने गर्थे । अहिले विदेशबाट आउने आफन्तसँग इन्डक्सन चुल्होको अपेक्षा गर्न थालिएको छ ।

अहिले विदेशबाट आउने करिव ८० प्रतिशत नेपाली यात्रुले इन्डक्सन चुल्हो ल्याउन थालेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव केशव उप्रेतीले बताए । विमानस्थलको ‘अराइभल’ कक्षमा इन्डक्सन चुल्हो समातेर आउने यात्रु बाक्लै देख्न पाइन्छ ।

सरकारले घरायसी प्रयोजनका लागि एउटा चुल्हो ल्याउन भन्सार छुट दिएको उनको भनाई छ । ६ महिनाभन्दा बढी समयपछि फर्किएको नेपालीले झिटी गुन्टाका रुपमा २/३ वटासम्म इन्डक्सन चुल्हो भन्सार छुटमा ल्याउने गरेका छन् । धुमवाराहीका महर्जनले दुबईबाट आउँदा २ वटा इन्डक्सन चुल्हो ल्याएर आएका थिए । उनले दुबै चुल्होको भन्सार बुझाउन नपरेको बताए ।

विदेशबाट आउनेहरुलाई घरकाले मात्र नभई आफन्तले समेत इन्डक्सन चुल्हो ल्याइदिन आग्रह गर्ने गरेको महर्जन उपसचिव उप्रेतीले बताए । यही कारण धेरै इन्डक्सन चुल्हो ल्याएर भन्सार बुझाउने यात्रु पनि बढी नै हुने गरेको उनको भनाइ छ । उनका अनुसार बढी चुल्हो ल्याउनेले भन्सार बुझाउनुपर्छ ।

अहिले भारत, थाइल्यान्ड, दुबई, हङकङ, कोरिया, मलेसिया लगायतका मुलुकबाट आउने यात्रुहरुके साथमा इन्डक्सन चुल्हो देखिने गरेको विमानस्थल कार्यालयले बतायो ।

‘त्रिभुवन विमानस्थलको ‘अराइभल’ कक्षमा इन्डकसन चुल्हो बोकेर आउनेहरु बाक्लै देखिन्छन्’ इन्डिगो एयरका धर्मेन शर्माले भने- ‘अहिले विदेशबाट घरमा आउँदा इन्डक्सन चुल्हो ल्याउने आदत नै बसिसकेको छ ।’

सीमाना पनि चुल्हो खरिदको लहर

जहाजबाट मात्र होइन, भारतबाट सडकमार्ग हुँदै आउने सर्वसाधारणले पनि इन्डक्सन चुल्हो, राइस कुकर र हिटर ल्याइरहेका छन् । नेपालसँग सीमा जोडिएका भारतीय शहरहरुमा यस्ता सामानहरु खरिद गर्ने नेपालीहरुको भिड देखिन्छ ।

अहिले भारतीय शहरमा पनि इन्डकसन चुल्हो, राइस कुकर, हिटरको अभाव देखिन थालेको बताइन्छ । भारतीय नाकाबन्दीका कारण लामो सयमदेखि आयात ठप्प हुँदा नेपालमा यस्ता अत्यावश्यक सामाग्रीको चर्को अभाव भएपछि नेपालीहरु बोर्डर क्षेत्रमा झुम्मिन थालेका हुन् ।

यही मौका पारेर कालोबजारी गर्नेहरुको पनि ठूलै ताँती छ । जसले गर्दा नेपालसहित भारतीय सीमा क्षेत्रमा समेत इन्डक्सन चुल्हो, हिटर, राइस कुकरलगायतको अभाव देखिएको हो ।

भारतीय बजारमा ३ हजारदेखि १० हजार रुपैयाँसम्म इन्डक्सन चुल्हो पाइन्छ । इन्डक्सन चुल्होको साथमा पकाउने भाँडासमेत किन्नुपरेमा थप रकम बुझाउनुपर्छ । यहाँ त्यही चुल्हो खरिद गर्नुपरेमा दोब्बर भन्दा बढी रकम तिर्नुपर्ने हुन्छ । त्यही भएर पनि विदेशबाट इन्डक्सन चुल्हो ल्याउन बाध्यता परेको हो ।

ग्यासको अभाव भएपछि नेपालमा धेरै घर परिवारले इन्डक्सन चुल्हो प्रयोगमा ल्याइसकेका छन् । ग्याँसको विकल्प इन्डक्सन चुल्हो बन्न थालेको छ ।

भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण उद्योग धन्दा तथा विकास निर्माणका काम ठप्प भएपछि लोडसेडिङ अघिल्लो वर्षको तुलनामा बढेको छैन । यसले इन्डक्सन चुल्हो प्रयोकर्तालाई राहत समेत मिलेको छ ।

इन्टक्सन चुल्हो एक प्रकारको हिटरजडित चुल्हो हो । यो हलुका, बोक्न सजिलो र छिटै खाना पकाउन सकिनेखालको हुन्छ । तर यसका लागि स्टिल वा भिन्नै प्रकारको भाँडा चाहिन्छ । परम्परागत भाँडाहरुमा यो चुल्हो काम नलाग्न सक्छ ।

तर, थोरै बिजुलीमा चाँडो खाना पकाउन सकिने भएकाले यस्तो इलेक्टि्रक चुल्हो एलपी ग्यासको विकल्प बन्न सक्छ । ग्यासमा जस्तो बारम्बार पैसा खर्च गरिरहनु नपर्ने भएकाले यसको प्रयोग आर्थिक रुपले पनि किफायती हुन सक्छ

रात बित्यो दिन बित्यो बर्षौ बित्यो

रात बित्यो ,दिन बित्यो, बर्षौ बित्यो ।
तिम्लाई पाउने रहरमा जोबन बित्यो ।(२)

खोजी हिड्दा तिम्लाई सारा जीवन बित्यो (२)
पर्खी बसे तिम्लाई जुनि जुनि बित्यो (१)

रात बित्यो ,दिन बित्यो  ,बर्षौ बित्यो ।(१)
तिम्लाई पाउने रहरमा जोबन बित्यो ।(१)

बासुरी ........को धुन .......

तिम्लाई भनी जिन्दगीका (सारा खुसी साचेको छु ।)२
हजारौ को भिडमा (तिम्रै लागि बाचेको छु )२

तिम्लाई भनी जिन्दगीका सारा खुसी साचेको छु (१)
हजारौ को भिडमा तिम्रै लागि बाचेको छु (१)

रात बित्यो, दिन बित्यो, बर्षौ बित्यो ।(१)
तिम्लाई पाउने रहरमा जोबन बित्यो ।(१)

बासुरी ...........

नाच्न मन लाग्छ मलाई (अंगालोमा तिम्लाई बेरि )२
यस्तो दिन जिन्दगीमा (आए हुन्थो  फेरि (फेरि )२

नाच्न मन लाग्छ मलाई अंगालोमा तिम्लाई बेरि १
यस्तो दिन जिन्दगीमा आए हुन्थो फेरि १

रात बित्यो ,दिन बित्यो, बर्षौ बित्यो ।)
तिम्लाई पाउने रहरमा जोबन बित्यो ।(२)

खोजी हिड्दा तिम्लाई सारा जीवन बित्यो (२)
पर्खी बसे तिम्लाई जुनि जुनि बित्यो ।(१)

रात बित्यो,दिन बित्यो, बर्षौ बित्यो ।(१)
तिम्लाई पाउने रहरमा जोबन बित्यो(१)




Monday, November 16, 2015

बहर सामाग्री

आदरणीय साधकमनहरू,
बहरको सौन्दर्यलाई आत्मसात गर्दै गजलमा साधना गरि रहनु भएका समस्त मनहरूलाई प्रणाम गर्न चाहन्छु ।
मलाई सबै भन्दा धेरै इनबक्समा सोधिने प्रश्नहरू मध्ये एउटा साझा प्रश्न यो हुने गर्छ कि 'सबै बहरहरू उत्तिकै गेयात्मक छन् या कुनै निश्चित बहरहरू मात्र ?' यो प्रश्नसित सम्बन्धित एउटा आलेखको अंश यहाँहरू समक्ष साझा गर्न चाहन्छु ।
****************************************
सङ्गीत उपयोगी बहर
*आवाज शर्मा*
उसो त सबै मान्य अर्कानहरू सङ्गीत मैत्री हुन्छन् । प्रत्येक मिसराहरूमा टपक्क मिल्नजाने समानताको व्यवस्थित नियमसँगै उत्पन्न हुने नादले हरेक अर्कानलाई गेय मैत्री बनाइरहेको हुन्छ । जुन बेबहर हरफहरूमा कहिलै हुँदैन, हुनै सक्दैन, भइहालेछ भने पनि उच्चारणको अशुद्धता पक्कै पनि हुनेछ । शुद्ध उच्चारण गरेर जाँदा नादको नियमिततामा खलबल भइहाल्छ ।
यद्यपि हजारौं बहरहरू सबै ठाउँ र समयमा साङ्गीतिक हिसाबले मैत्रीपूर्ण नहुन सक्छन् । कस्तै ठूला उस्ताद वा सायरहरूले पनि सबै मान्य बहरमा शेर लेख्न सम्भव पनि छैन । यसैले मीठासयुक्त केही बहरहरू छनौट गरेर तिनैमा अभ्यास गर्दा उपलब्धिपूर्ण हुन जान्छ ।
कुनै एक बेला वा परिस्थितिमा लोकप्रिय बनेका सङ्गीत अर्को समयमा त्यत्ति नै लोकप्रिय हुँदैनन् । यद्यपि सङ्गीतको आकर्षण नादको नियमवद्ध प्रवाहसँगै हुने भएकोले केही बहरहरू कहिलै पुराना हुँदैनन् र तिनको सङ्गीतसितको सम्बन्ध पनि सँधै गाढा रहिरहन्छ । कालजयी शेरहरू रचना गर्न चाहने सायरहरूले यो कुरालाई मनन गर्नु वाञ्छनीय हुन्छ ।
त्यस्ता केही कालजयी बहरहरूको चर्चा गरौं ।
१. मुफरद बहरहरू जसमा एउटै सालिम रुक्नको नियमित आवृत्ति हुन्छ ।
• १२२ १२२ १२२ १२२ बहरे मुतकारिब
• २१२ २१२ २१२ २१२ बहरे मुतदारिक
• १२२२ १२२२ १२२२ १२२२ बहरे हजज
• २१२२ २१२२ २१२२ २१२२ बहरे रमल
• २२१२ २२१२ २२१२ २२१२ बहरे रजज
• ११२१२ ११२१२ ११२१२ ११२१२ बहरे कामील
• १२११२ १२११२ १२११२ १२११२ बहरे वाफीर
२. मुरक्कब बहरहरू जसमा एउटै सालिम रुक्नको कमसेकम दुईपटक आवृत्ति हुन्छ ।
• १२२ १२२२ १२२ १२२२ तबील
• २१२२ २१२ २१२२ २१२ मदीद
• २२१२ २१२ २२१२ २१२ बसीत
• १२२२ २१२२ १२२२ २१२२ मुजारे
• २२१२ २१२२ २२१२ २१२२ मुजास
• २२१२ २२२१ २२१२ २२२१ मुन्सरेह
• २२२१ २२१२ २२२१ २२१२ मुक्तजीब
• १२२२ १२२२ २१२२ करीब
• २१२२ १२२२ १२२२ मुशाकील
• २१२२ २१२२ १२२२ कलीब
• २१२२ १२२२ २१२२ असम
• १२२२ २१२२ २१२२ सरीँम
• २१२२ २१२२ २२१२ जदीद
• २१२२ २२१२ २१२२ खफीफ
• २२१२ २१२२ २२१२ सगीर
• २१२२ २२१२ २२१२ हमीम
• २२१२ २२१२ २२२१ सरीअ
• २२२१ २२१२ २२१२ सलीम
• २२२१ २२२१ २२१२ कबीर
• २२२१ २२१२ २२२१ हमीद
३. जिहाफकै रूपमा भएपनि एउटै रुक्नको निरन्तर आवृत्ति भएका अर्कानहरू पनि सङ्गीत मैत्री हुन्छन् ।
जस्तैः
• ११२ ११२ ११२ ११२ बहरे मुतकारिब मुहबक (मुतकारिब १२२ मुहबक ११२)
• १२१ १२१ १२१ १२१ बहरे मुतकारिब मक्बूज (मुतकारिब १२२ मक्बूज १२१)
• १२१२ १२१२/ १२१२ १२१२ बहरे हजज मक्बूज (हजज १२२२ मक्बूज १२१२)
• २११२ २११२/ २११२ २११२ बहरे रजज मुतब्बी (रजज २२१२ मुतब्बी २११२)
• ११२२ ११२२/ ११२२ ११२२ बहरे हजज मुहबक/रमल मुतब्बी (हजज १२२२, मुहबक ११२२ वा रमल २१२२ मुतब्बी ११२२), आदि । यस्ता बहर धेरै थरि बन्न सक्छन् ।
४. दुईथरि रुक्नको सन्तुलित आवृत्तिमा पनि सङ्गीत मैत्रीपन ज्यादा हुन्छ ।
जस्तैः
• १२२१२ १२२१२/ १२२१२ १२२१२
• बहरे मुतदारिक मुखल्ला (मुतदारिक १२२, मुखल्ला १२)
• १२१२२ १२१२२/ १२१२२ १२१२२
• बहरे मुतकारिब मक्बूज असलम (मुतकारिब १२२, मक्बूज १२१, असलम २२)
• २२१२२ २२१२२/ २२१२२ २२१२२
• बहरे मुतकारिब असलम (मुतकारिब १२२, असलम २२)
• २१२२२ २१२२२/ २१२२२ २१२२२
• बहरे मुतदारिक मक्तूअ क (मुतदारिक २१२, मक्तूअ २२)
• २२२१२ २२२१२/ २२२१२ २२२१२
• बहरे मुतदारिक मक्तुअ ख (मुतदारिक २१२, मक्तूअ २२)
• २२१ २१२२/ २२१ २१२२
• मुजारे अखरब (मुजारे १२२२ २१२२, अखरब १२२२ बाट २२१)
• १२१२ १२२२/ १२१२ १२२२
• हजज मक्बूज क (हजज १२२२, मक्बूज १२१२)
• १२२२ १२१२/ १२२२ १२१२
• हजज मक्बूज ख (हजज १२२२ मक्बूज १२१२)
• २२१२ १२१२/ २२१२ १२१२
• रजज मख्बून क (रजज २२१२, मख्बून १२१२)
• १२१२ २२१२/ १२१२ २२१२
• रजज मख्बून ख (रजज २२१२, मख्बून १२१२) आदि। यस्ता बहरहरू पनि धेरै बन्न सक्छन् ।
५. मुफरद वा मुरक्कब अर्कानका अरुजो जरब (अन्तिम)का रुक्नहरूमा लाग्ने मान्य जिहाफहरू पनि सङ्गीतमैत्री हुन्छन् ।
जस्तैः
• १२२ १२२ १२२ १२ (मुतकारिब महजूफ)
• १२२ १२२ १२२ २२ (मुतकारिब असलम)
• १२२२ १२२२ १२२२ १२२ (हजज महजूफ)
• १२२२ १२२२ १२२२ २ (हजज अशरम)
• २१२ २१२ २१२ २२ (मुतदारिक मक्तूअ)
• २१२ २१२ २१२ १२ (मुतदारिक मुखल्ला)
• २१२२ २१२२ २१२२ २१२ (रमल मुश्ईस)
• २२१२ २२१२ २२१२ २२ (रजज महजूज)
• १२२२ २१२२ १२२२ २१२ (मुजारे मुश्ईस)
• २२१२ २१२२ २२१२ २१२ (मुजास मुश्ईश) आदि । यस्ता उदाहरण त झन सयौं बन्न सक्छन् ।
यी माथिका उदाहरणहरू त केबल मुसम्मन (चार रुक्नको समूह) अर्कानका केहि उदाहरणहरू हुन् । यस्ता हजारौं सङ्गीतमैत्री अर्कानहरू बनाउन सकिन्छ । साङ्गीतिक प्रयोजनकै लागि गजल लेख्न चाहने साधकहरूले रुक्नको विभिन्न सङ्ख्याका आवृत्तिको समूह बनाएर अभ्यास गर्न सकिन्छ । याद गर्नु पर्ने कुरा के छ भने १२ अक्षर भन्दा बढीका अर्कानमा मध्य विश्राम अपेक्षित हुन्छ यद्यपि यो अनिवार्य तत्व अन्तरगत भने पर्दैन ।
अन्त्यमा,
माथिका सबै अर्कानमा सबैले लेख्न सक्नुपर्छ भन्ने छैन । यी मध्ये फरक फरक प्रकृतिका आठ दशोटा अर्कान टिप्नुहोस् । हजुरको रोजाई यी माथिका अर्कान भन्दा पृथक छ भने माथि जानकारीमा बताइए अनुसार अर्को अर्को अर्कानको संरचना आफै निर्माण गर्नुहोस् । अनि मन खोलेर लेख्नुहोस् ।
दुश्यन्त कुमारले आठओटा बहरमा आफ्ना सबै सिर्जना पस्केका छन्, गालिब पनि एक दर्जन बहर भित्रै समेटिएका छन् । दमदार सिर्जना पस्किन सकियो भने दुई चारोटै बहर पनि पर्याप्त हुन सक्छन् ।
आशा गर्छु, यति धेरै अभ्यास गर्नको निम्ति उदाहरण अर्कानहरू उपलब्ध भइरहेको अवस्थामा हाम्रा साधनाहरूले अब सही बाटो पक्डने छन् । म सर्जकको खाँचो अनुसार तरन्नुमको श्रव्य सामग्री पनि उपलब्ध गराउने कोशिश गर्ने छु ।

Tuesday, November 10, 2015

हरेक समस्याको समाधान खोज्दै छु ।

स्वतन्त्र गजल

हरेक समस्याको समाधान खोज्दै छु ।
मन्दिर बाहिर पनि भगवान खोज्दै छु

बारम्बार अधिकार लुटिए पछि यहाँ ।
गाउँ बस्ती बाट पहिचान  खोज्दै छु ।।

म  जस्तै  हजारौं पिडित नागरिकलाई ।
राज्यको अधिकारबाट सम्मान खोज्दै छु ।।

पुर्खाहरुको  आत्माले  सताए  पछि ।
आर्यघाटमा  गएर  चिहान  खोज्दै छु ।

हराउन सक्छ्न् नेपाली लोक भाकाहरु ।
देशलाई चिनाउने राष्ट्रिय गान खोज्दै छु  ।।

राज तिमिल्सेना
बाजुरा

Tuesday, November 3, 2015

जिन्दगीमा अनेक कष्ट भोग्दा भोग्दै ।


…………………गजल…………………
जिन्दगीमा अनेक कष्ट भोग्दा भोग्दै ।
विलीन भए सपनाहरु सोच्दा सोच्दै ।।

पीडा सहेर बाँचेको छु,म एकान्तमा ।
तिम्रा यादहरुले छाती पोल्दा पोल्दै ।।

मन मिलेर माया बस्यौ ,भाग्य जुरेन ।
गयौ  तिमी  पराई संग रोक्दा रोक्दै ।।

छ्ट्पटिएर बाँचेको छु , मरुभूमिमा ।
प्यास  मेट्ने  पानी खोज्दा  खोज्दै ।।

@राज तिमिल्सेना (बाजुरा )

Sunday, November 1, 2015

नेपालमा अन्तर्राष्ट्रिय ह्याकर सक्रिय


१६ कात्तिक, काठमाडौं । नबिल बैंकको एटिएमबाट डाटा चोरी गर्न लागेको अवस्थामा बुल्गेरियन नागरिक भेसिलिन जर्जलेर पक्राउ परेका छन् । चिप रिडर, ल्यापटपलगायत डिभाइससहित उनलाई गत साता प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो । डाटा चोरी गरेर बैंक खाता ह्याक गर्न खोजेको आशंकामा उनीमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेश आचार्यले बताए । एटिएममा शंकास्पद गतिविधि गरेको देखेपछि बैंक गार्डले प्रहरीलाई खबर गरी पक्राउ गराएका थिए ।

प्रहरीका अनुसार जर्जलेरले एटिएमभित्र ल्यापटपलगायत डिभाइस प्रयोग गरेर डाटा चोर्न खोजेका थिए । तर, डाटा चोरे–नचोरेको खुलिसकेको छैन । उनी एटिएम ह्याक गर्ने अन्तर्राष्ट्रिय गिरोहकै सदस्य भएको हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन् । यसअघि पनि अन्तर्राष्ट्रिय गिरोहमा आबद्ध बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । एउटै देशका भएकाले उनलाई पनि एउटै गिरोहले पठाएको हुनसक्ने प्रहरी आशंका छ । गत १० चैतमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुल्गेरियाकै नागरिक पेट्रोस्लाभ रिस्टोभलाई पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।

उनको साथबाट १८ लाख नेपाली, ५७ हजार युरो, ४० हजार अमेरिकन डलर र करिब दुई सयवटा कार्ड बरामद भएको थियो । नक्कली एटिएम कार्ड प्रयोग गरेर नेपाली बैंकका एटिएम मेसिनबाट उनले दुई करोडभन्दा धेरै रकम निकालेका थिए । तर, नेपाली नभई विदेशीको खाताबाट उनले पैसा निकालेका थिए । मास्टर कार्ड र भिसा कार्डहरूको डाटा चोरर नक्कली एटिएम कार्ड बनाई उनले पैसा निकाल्दै आएका थिए । उनको गिरोहले पटक–पटक नेपालबाट त्यसरी पैसा निकालेर विदेशमा पठाएको अनुसन्धानमा खुलेको थियो । फेरि बुल्गेरियन नागरिक नै पक्राउ पर्नुले नेपालमा अन्तर्राष्ट्रिय ह्याकरहरू सक्रिय रहेको देखाएको छ । एटिएम तथा बैंकिङ कारोबारको सुरक्षामा चुनौती बढ्दै गएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्ल बताउँछन् । एटिएमबाट पैसा चोर्ने तथा बैंक खाता नै ह्याक गर्नेजस्ता घटनामा विदेशी नागरिक सक्रिय देखिएको र पटक–पटक आफूहरूले पक्राउ गरेर कारबाही पनि गरिएको डिआइजी मल्लले बताए ।

एटिएम ह्याक गर्ने विदेशी नागरिक यसअघि धेरैपटक पक्राउ परिसकेका छन् । उनीहरूले प्राय: एटिएमका डाटा चोरी गरी नक्कली एटिएम कार्डमा ती डाटा राखेर पैसा निकाल्ने गरेका छन् । गत वर्ष मंसिरमा नै टर्किस नागरिक मेहमत गुलेमलाई प्रहरीले नक्कली एटिएम र नक्कली एटिएम प्रयोग गरी निकालिएको २६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनीहरूले पनि नेपालका एटिएम प्रयोग गरी विदेशी बैंकमा खाता रहेका विदेशीकै पैसा चोरी गर्दै आएका थिए । पाकिस्तानी, चिनियाँ तथा नाइजेरियन नागरिकसमेत नेपालमा एटिएम ठगीमा पटक–पटक पक्राउ परिसकेका छन्

Saturday, October 31, 2015

बहरको परिचय

आदरणीय मित्रहरू नमस्कार,
आज हामी बहर सम्बन्धी छोटो परिचय मात्र हेर्ने छौं ।
-------------------------------------------------------------
बहर परिचय ।
उर्दू, फारसीमा छन्दलाई बहर भनिन्छ । गजलमा बहर भन्नाले लयबद्धता हो । लय वा गेयात्मकता प्रदान गर्ने सूत्रबद्ध लेखन नै बहर हो भन्न सकिन्छ । निश्चित सूत्र, रुक्न र अर्कानको उचित संयोजन र लयको एकरूपता नै बहर हो ।
उर्दू फारसीमा कति बहर प्रचलनमा छन् भन्ने बारेमा विद्वानहरूबीच एकमत पाइँदैन । कसैले एक दर्जन, कसैले दुई दर्जन त कसैले पाँच दर्जन बहरको प्रयोग भएको बताएका छन् । जे भए तापनि उर्दू फारसीमा बहरमा गजल लेखन परम्परा हिजो र आज पनि कायम छ ।

#रुक्न
रुक्न भन्नाले उर्दू फारसी छन्दमा प्रयोग हुने गणहरू हुन् । 
रुक्न धेरै प्रकारका छन् तिनीहरूको अध्ययन हामी क्रमशः गर्दै जानेछौं । फारसीमा प्रयोग हुने रुक्नहरू मध्ये सबैभन्दा सजिलो रुक्न यो हो -
#फऊलुन् (१२२)
( फ १ ऊ २ लुन् २ )

प्रस्तुत रुक्नमा (१) ले ह्रस्वलाई सङ्केत गर्दछ भने (२) ले दीर्घलाई सङ्केत गर्दछ ।

फऊलुन् -(१२२) रुक्न वा पहिलो वर्णमा ह्रस्व र बाँकी दुईओटा वर्णमा दीर्घ भएको रुक्न -पिङ्गल छन्दमा य गण) को चारपटक आवृत्ति हुँदा वा चारपटक फऊलुन् रुक्न दोहोरिँदा यो बहर निर्माण हुन्छ । यस बहरको सूत्र यसप्रकार छ ।
फऊलुन्±फऊलुन्±फऊलुन्±फऊलुन
यस बहरमा लेखिएको एउटा सेर -

कतै जिन्दगीले छकाएर रोएँ
कतै चैँ म आफैँ हराएर रोएँ ।

(सुरेश सुवेदी, अनुभूतिका डोबहरू)

खुल्यो आज बाटो, रमाएर जाऊ
खुशी  अश्रु  धारा, बगाएर  जाऊ
(जीपीएस शरद)

यी शेरमा रुक्नको प्रयोग यसप्रकार भएको छ -
फऊलुन् +फऊलुन् +फऊलुन् +फऊलुन्

कतै जिन्/दगीले/छकाए/र रोएँ
(१२२   / १२२ / १२२/ १२२)
कतै चैँ/म आफैँ/ हराए/र रोएँ ।
(१२२ / १२२ / १२२ /१२२)

खुल्यो आ   / ज बाटो/ रमाए/र जाऊ
(१२२       / १२२   /१२२  /  १२२)
खुशी  अश् / रु धारा / बगाए/र जाऊ
(१२२       / १२२   /१२२  /  १२२)

मुतकारिब बहरमा लेखिएको यो गजलमा माथि उल्लेख गरिएको फऊलुन् -१२२) रुक्नको चारपटक आवृत्ति भएको छ । फऊलुन्±फऊलुन्±फऊलुन्±फऊलुन् गरी १२ अक्षरमा यो बहर निर्माण हुन्छ । अथवा एउटा ह्रस्व दुइटा दीर्घ -१२२) चारपटक दोहोरिँदा यो बहर बन्छ ।
छ अक्षरमा यति -मध्यविश्राम) हुने यो बहरमा धेरै गजल लेखिएको पाइन्छ । बहरमा गजल लेख्न सुरु गर्नेहरूले प्रायः यसै बहरबाट लेख्न थाल्ने गरेका छन् । छोटो, मीठो र सजिलो भएको कारण पनि यो बहर गजलमा अत्यधिक प्रयोग हुने बहरअर्न्तर्गत पर्दछ ।

मुतकारिब बहरका पनि विभिन्न भेद छन् यीनीहरू सबैको बारेमा हामी क्रमश: अध्ययन गर्ने छौं ।

#जाँदाजाँदै
--------------
बहरमा गजल लेख्नुपुर्व जान्नुपर्ने कुरा हरु

ह्र्स्व (लघु)-- एकमात्रा  - १
दीर्घ (गुरु) दुईमात्रा  - २

१, ह्र्स्व (लघु) -   ( १ )
-   क देखि ह सम्मका अ स्वर मिसिएका सवै मात्रा बिहिन साझा ब्यन्जन वर्णहरु जस्तै ----
-   अ,इ,उ,ऋ,जस्ता स्वरवर्णहरु
-    कृ, खृ जस्ता ऋ मिसिएका ब्यन्जन वर्णहरु
-   ह्रस्व इ उ मिसिएका  कि,खि,गि,घि जस्ता सबै ब्यन्जन वर्णहरु
-   उपर्युक्त नियमभित्र रहि चद्र बिन्दु लागेका सबै अक्षरहरु
-- (अँ, कि, हिँ इत्यादी)

२, दीर्घ (गुरु ) - ( २ )
-    आ, ई, ऊ,ए,ऐ,ओ,औ जस्ता सबै स्वरवर्णहरु :-
      उपर्युक्त स्वरहरु मिसिएर बनेका का,खा, की ,खी ,के,खे,कै,खै,को,खो,कौ,खौ जस्ता सबै ब्यन्जन वर्णहरु
-    विसर्ग (:) लागेका सबै अक्षरहरु
जस्तै : प्राय: ___ प्रा२य:२
         दु:ख _____ दु:२ख१
-   संसार,संम्बाद जस्ता शिरबिन्दु लागेका अक्षरहरु

३, अन्य जानकारी :- 
              आधा अक्षर र हलन्त काटिएको अक्षरको गणना हुँदैन यी अक्षरले आफु रहेको ठाँउ भन्दा अघिल्ला अक्षरलाई दीर्घ बनाउने काम गर्छन् ।
जस्तै __ कल्पना ___> कल् (२)+ प(१)+ ना(२)
यो उच्चारणको हिसाबले हुने गर्छ, जस्तै अर्को उदाहरण हेरौं - समात्यो __ स(१) + मा(२)+ त्यो(२)
- अन्याय __ अन्(२)+ न्या(२)+ य(१)
- बल्झियो __ बल् +झि +यो (आधा अक्षर अघिल्लो बर्णमा पर्छ वा पछिल्लो बर्णमा पर्छ त्यो उच्चारणमा भर पर्ने गर्दछ
यदि अघिल्लो बर्णमा आधी अक्षर गाँसियो भने मात्र अघिल्लो वर्ण दीर्घ हुनेगर्दछ । )

-    क्र,ख्र,जस्ता खुट्टा चिरिएका अक्षरहरु आफुत ह्र्स्व हुन्छन् तर तिनले आफू भन्दा अघिल्ला अक्षरलाई दीर्घ बनाउने काम गर्छन्
जस्तै __  > चक्र = चक्(२)+ र (१)
             > बिग्रियो = बिग् (२)+ रि(१) + यो(२)
-    सबैलाई भ्रममा पार्न सक्ने संयुक्त अक्षरहरु क्ष,त्र,ज्ञ,द्द आफू स्वयं ह्र्स्व हुन तर तिनले आफुभन्दा अघिल्ला अक्षरलाई दीर्घ बनाउछन ।
जस्तै -- लक्ष -----> लछ् (२)+ क्ष(१) #उच्चारण_गरेर_पनि_सजिलै_थाहा_पाउन_सकिन्छ ।

- बहर पंक्तिको अन्तिम वर्ण ह्रस्व वा दीर्घ जे भएपनी दीर्घ नै मान्ने गरिन्छ ।
जस्तै -
गरेको छु यात्रा सफल  हुन्छ हुन्न
मनैले  भनेझैं  असल  हुन्छ  हुन्न
(जीपीएस शरद)

गरेको   / छु यात्रा / सफल् हुन् / छ हुन्न
(१२२  /   १२२   /     १२२    /  १२२)
मनैले  / भनेझैं   / असल् हुन् / छ हुन्न
(१२२/   १२२  /     १२२   /   १२२)
#यहाँ अन्तिम वर्ण "न" ह्रस्व(१) भएपनी बहरमा दीर्घ(२) मानिन्छ ।
सफल ---> स१फ१ल१---->स१फल्२
असल ---> अ१स१ल१ ---->अ१सल्२
आवश्यकता र उच्चारण अनुसार अजन्त लेखिएका वर्णहरू पनि बहरमा हलन्त गनिन्छन् ।
धन्यवाद ।
शुभ रात्री ।।
---------------------------------------------------------------