आदरणीय मित्रहरू नमस्कार,
आज हामी बहर सम्बन्धी छोटो परिचय मात्र हेर्ने छौं ।
-------------------------------------------------------------
बहर परिचय ।
उर्दू, फारसीमा छन्दलाई बहर भनिन्छ । गजलमा बहर भन्नाले लयबद्धता हो । लय वा गेयात्मकता प्रदान गर्ने सूत्रबद्ध लेखन नै बहर हो भन्न सकिन्छ । निश्चित सूत्र, रुक्न र अर्कानको उचित संयोजन र लयको एकरूपता नै बहर हो ।
उर्दू फारसीमा कति बहर प्रचलनमा छन् भन्ने बारेमा विद्वानहरूबीच एकमत पाइँदैन । कसैले एक दर्जन, कसैले दुई दर्जन त कसैले पाँच दर्जन बहरको प्रयोग भएको बताएका छन् । जे भए तापनि उर्दू फारसीमा बहरमा गजल लेखन परम्परा हिजो र आज पनि कायम छ ।
#रुक्न
रुक्न भन्नाले उर्दू फारसी छन्दमा प्रयोग हुने गणहरू हुन् ।
रुक्न धेरै प्रकारका छन् तिनीहरूको अध्ययन हामी क्रमशः गर्दै जानेछौं । फारसीमा प्रयोग हुने रुक्नहरू मध्ये सबैभन्दा सजिलो रुक्न यो हो -
#फऊलुन् (१२२)
( फ १ ऊ २ लुन् २ )
प्रस्तुत रुक्नमा (१) ले ह्रस्वलाई सङ्केत गर्दछ भने (२) ले दीर्घलाई सङ्केत गर्दछ ।
फऊलुन् -(१२२) रुक्न वा पहिलो वर्णमा ह्रस्व र बाँकी दुईओटा वर्णमा दीर्घ भएको रुक्न -पिङ्गल छन्दमा य गण) को चारपटक आवृत्ति हुँदा वा चारपटक फऊलुन् रुक्न दोहोरिँदा यो बहर निर्माण हुन्छ । यस बहरको सूत्र यसप्रकार छ ।
फऊलुन्±फऊलुन्±फऊलुन्±फऊलुन
यस बहरमा लेखिएको एउटा सेर -
कतै जिन्दगीले छकाएर रोएँ
कतै चैँ म आफैँ हराएर रोएँ ।
(सुरेश सुवेदी, अनुभूतिका डोबहरू)
खुल्यो आज बाटो, रमाएर जाऊ
खुशी अश्रु धारा, बगाएर जाऊ
(जीपीएस शरद)
यी शेरमा रुक्नको प्रयोग यसप्रकार भएको छ -
फऊलुन् +फऊलुन् +फऊलुन् +फऊलुन्
कतै जिन्/दगीले/छकाए/र रोएँ
(१२२ / १२२ / १२२/ १२२)
कतै चैँ/म आफैँ/ हराए/र रोएँ ।
(१२२ / १२२ / १२२ /१२२)
खुल्यो आ / ज बाटो/ रमाए/र जाऊ
(१२२ / १२२ /१२२ / १२२)
खुशी अश् / रु धारा / बगाए/र जाऊ
(१२२ / १२२ /१२२ / १२२)
मुतकारिब बहरमा लेखिएको यो गजलमा माथि उल्लेख गरिएको फऊलुन् -१२२) रुक्नको चारपटक आवृत्ति भएको छ । फऊलुन्±फऊलुन्±फऊलुन्±फऊलुन् गरी १२ अक्षरमा यो बहर निर्माण हुन्छ । अथवा एउटा ह्रस्व दुइटा दीर्घ -१२२) चारपटक दोहोरिँदा यो बहर बन्छ ।
छ अक्षरमा यति -मध्यविश्राम) हुने यो बहरमा धेरै गजल लेखिएको पाइन्छ । बहरमा गजल लेख्न सुरु गर्नेहरूले प्रायः यसै बहरबाट लेख्न थाल्ने गरेका छन् । छोटो, मीठो र सजिलो भएको कारण पनि यो बहर गजलमा अत्यधिक प्रयोग हुने बहरअर्न्तर्गत पर्दछ ।
मुतकारिब बहरका पनि विभिन्न भेद छन् यीनीहरू सबैको बारेमा हामी क्रमश: अध्ययन गर्ने छौं ।
#जाँदाजाँदै
--------------
बहरमा गजल लेख्नुपुर्व जान्नुपर्ने कुरा हरु
ह्र्स्व (लघु)-- एकमात्रा - १
दीर्घ (गुरु) दुईमात्रा - २
१, ह्र्स्व (लघु) - ( १ )
- क देखि ह सम्मका अ स्वर मिसिएका सवै मात्रा बिहिन साझा ब्यन्जन वर्णहरु जस्तै ----
- अ,इ,उ,ऋ,जस्ता स्वरवर्णहरु
- कृ, खृ जस्ता ऋ मिसिएका ब्यन्जन वर्णहरु
- ह्रस्व इ उ मिसिएका कि,खि,गि,घि जस्ता सबै ब्यन्जन वर्णहरु
- उपर्युक्त नियमभित्र रहि चद्र बिन्दु लागेका सबै अक्षरहरु
-- (अँ, कि, हिँ इत्यादी)
२, दीर्घ (गुरु ) - ( २ )
- आ, ई, ऊ,ए,ऐ,ओ,औ जस्ता सबै स्वरवर्णहरु :-
उपर्युक्त स्वरहरु मिसिएर बनेका का,खा, की ,खी ,के,खे,कै,खै,को,खो,कौ,खौ जस्ता सबै ब्यन्जन वर्णहरु
- विसर्ग (:) लागेका सबै अक्षरहरु
जस्तै : प्राय: ___ प्रा२य:२
दु:ख _____ दु:२ख१
- संसार,संम्बाद जस्ता शिरबिन्दु लागेका अक्षरहरु
३, अन्य जानकारी :-
आधा अक्षर र हलन्त काटिएको अक्षरको गणना हुँदैन यी अक्षरले आफु रहेको ठाँउ भन्दा अघिल्ला अक्षरलाई दीर्घ बनाउने काम गर्छन् ।
जस्तै __ कल्पना ___> कल् (२)+ प(१)+ ना(२)
यो उच्चारणको हिसाबले हुने गर्छ, जस्तै अर्को उदाहरण हेरौं - समात्यो __ स(१) + मा(२)+ त्यो(२)
- अन्याय __ अन्(२)+ न्या(२)+ य(१)
- बल्झियो __ बल् +झि +यो (आधा अक्षर अघिल्लो बर्णमा पर्छ वा पछिल्लो बर्णमा पर्छ त्यो उच्चारणमा भर पर्ने गर्दछ
यदि अघिल्लो बर्णमा आधी अक्षर गाँसियो भने मात्र अघिल्लो वर्ण दीर्घ हुनेगर्दछ । )
- क्र,ख्र,जस्ता खुट्टा चिरिएका अक्षरहरु आफुत ह्र्स्व हुन्छन् तर तिनले आफू भन्दा अघिल्ला अक्षरलाई दीर्घ बनाउने काम गर्छन्
जस्तै __ > चक्र = चक्(२)+ र (१)
> बिग्रियो = बिग् (२)+ रि(१) + यो(२)
- सबैलाई भ्रममा पार्न सक्ने संयुक्त अक्षरहरु क्ष,त्र,ज्ञ,द्द आफू स्वयं ह्र्स्व हुन तर तिनले आफुभन्दा अघिल्ला अक्षरलाई दीर्घ बनाउछन ।
जस्तै -- लक्ष -----> लछ् (२)+ क्ष(१) #उच्चारण_गरेर_पनि_सजिलै_थाहा_पाउन_सकिन्छ ।
- बहर पंक्तिको अन्तिम वर्ण ह्रस्व वा दीर्घ जे भएपनी दीर्घ नै मान्ने गरिन्छ ।
जस्तै -
गरेको छु यात्रा सफल हुन्छ हुन्न
मनैले भनेझैं असल हुन्छ हुन्न
(जीपीएस शरद)
गरेको / छु यात्रा / सफल् हुन् / छ हुन्न
(१२२ / १२२ / १२२ / १२२)
मनैले / भनेझैं / असल् हुन् / छ हुन्न
(१२२/ १२२ / १२२ / १२२)
#यहाँ अन्तिम वर्ण "न" ह्रस्व(१) भएपनी बहरमा दीर्घ(२) मानिन्छ ।
सफल ---> स१फ१ल१---->स१फल्२
असल ---> अ१स१ल१ ---->अ१सल्२
आवश्यकता र उच्चारण अनुसार अजन्त लेखिएका वर्णहरू पनि बहरमा हलन्त गनिन्छन् ।
धन्यवाद ।
शुभ रात्री ।।
---------------------------------------------------------------
No comments:
Post a Comment