Saturday, October 31, 2015

बहरको परिचय

आदरणीय मित्रहरू नमस्कार,
आज हामी बहर सम्बन्धी छोटो परिचय मात्र हेर्ने छौं ।
-------------------------------------------------------------
बहर परिचय ।
उर्दू, फारसीमा छन्दलाई बहर भनिन्छ । गजलमा बहर भन्नाले लयबद्धता हो । लय वा गेयात्मकता प्रदान गर्ने सूत्रबद्ध लेखन नै बहर हो भन्न सकिन्छ । निश्चित सूत्र, रुक्न र अर्कानको उचित संयोजन र लयको एकरूपता नै बहर हो ।
उर्दू फारसीमा कति बहर प्रचलनमा छन् भन्ने बारेमा विद्वानहरूबीच एकमत पाइँदैन । कसैले एक दर्जन, कसैले दुई दर्जन त कसैले पाँच दर्जन बहरको प्रयोग भएको बताएका छन् । जे भए तापनि उर्दू फारसीमा बहरमा गजल लेखन परम्परा हिजो र आज पनि कायम छ ।

#रुक्न
रुक्न भन्नाले उर्दू फारसी छन्दमा प्रयोग हुने गणहरू हुन् । 
रुक्न धेरै प्रकारका छन् तिनीहरूको अध्ययन हामी क्रमशः गर्दै जानेछौं । फारसीमा प्रयोग हुने रुक्नहरू मध्ये सबैभन्दा सजिलो रुक्न यो हो -
#फऊलुन् (१२२)
( फ १ ऊ २ लुन् २ )

प्रस्तुत रुक्नमा (१) ले ह्रस्वलाई सङ्केत गर्दछ भने (२) ले दीर्घलाई सङ्केत गर्दछ ।

फऊलुन् -(१२२) रुक्न वा पहिलो वर्णमा ह्रस्व र बाँकी दुईओटा वर्णमा दीर्घ भएको रुक्न -पिङ्गल छन्दमा य गण) को चारपटक आवृत्ति हुँदा वा चारपटक फऊलुन् रुक्न दोहोरिँदा यो बहर निर्माण हुन्छ । यस बहरको सूत्र यसप्रकार छ ।
फऊलुन्±फऊलुन्±फऊलुन्±फऊलुन
यस बहरमा लेखिएको एउटा सेर -

कतै जिन्दगीले छकाएर रोएँ
कतै चैँ म आफैँ हराएर रोएँ ।

(सुरेश सुवेदी, अनुभूतिका डोबहरू)

खुल्यो आज बाटो, रमाएर जाऊ
खुशी  अश्रु  धारा, बगाएर  जाऊ
(जीपीएस शरद)

यी शेरमा रुक्नको प्रयोग यसप्रकार भएको छ -
फऊलुन् +फऊलुन् +फऊलुन् +फऊलुन्

कतै जिन्/दगीले/छकाए/र रोएँ
(१२२   / १२२ / १२२/ १२२)
कतै चैँ/म आफैँ/ हराए/र रोएँ ।
(१२२ / १२२ / १२२ /१२२)

खुल्यो आ   / ज बाटो/ रमाए/र जाऊ
(१२२       / १२२   /१२२  /  १२२)
खुशी  अश् / रु धारा / बगाए/र जाऊ
(१२२       / १२२   /१२२  /  १२२)

मुतकारिब बहरमा लेखिएको यो गजलमा माथि उल्लेख गरिएको फऊलुन् -१२२) रुक्नको चारपटक आवृत्ति भएको छ । फऊलुन्±फऊलुन्±फऊलुन्±फऊलुन् गरी १२ अक्षरमा यो बहर निर्माण हुन्छ । अथवा एउटा ह्रस्व दुइटा दीर्घ -१२२) चारपटक दोहोरिँदा यो बहर बन्छ ।
छ अक्षरमा यति -मध्यविश्राम) हुने यो बहरमा धेरै गजल लेखिएको पाइन्छ । बहरमा गजल लेख्न सुरु गर्नेहरूले प्रायः यसै बहरबाट लेख्न थाल्ने गरेका छन् । छोटो, मीठो र सजिलो भएको कारण पनि यो बहर गजलमा अत्यधिक प्रयोग हुने बहरअर्न्तर्गत पर्दछ ।

मुतकारिब बहरका पनि विभिन्न भेद छन् यीनीहरू सबैको बारेमा हामी क्रमश: अध्ययन गर्ने छौं ।

#जाँदाजाँदै
--------------
बहरमा गजल लेख्नुपुर्व जान्नुपर्ने कुरा हरु

ह्र्स्व (लघु)-- एकमात्रा  - १
दीर्घ (गुरु) दुईमात्रा  - २

१, ह्र्स्व (लघु) -   ( १ )
-   क देखि ह सम्मका अ स्वर मिसिएका सवै मात्रा बिहिन साझा ब्यन्जन वर्णहरु जस्तै ----
-   अ,इ,उ,ऋ,जस्ता स्वरवर्णहरु
-    कृ, खृ जस्ता ऋ मिसिएका ब्यन्जन वर्णहरु
-   ह्रस्व इ उ मिसिएका  कि,खि,गि,घि जस्ता सबै ब्यन्जन वर्णहरु
-   उपर्युक्त नियमभित्र रहि चद्र बिन्दु लागेका सबै अक्षरहरु
-- (अँ, कि, हिँ इत्यादी)

२, दीर्घ (गुरु ) - ( २ )
-    आ, ई, ऊ,ए,ऐ,ओ,औ जस्ता सबै स्वरवर्णहरु :-
      उपर्युक्त स्वरहरु मिसिएर बनेका का,खा, की ,खी ,के,खे,कै,खै,को,खो,कौ,खौ जस्ता सबै ब्यन्जन वर्णहरु
-    विसर्ग (:) लागेका सबै अक्षरहरु
जस्तै : प्राय: ___ प्रा२य:२
         दु:ख _____ दु:२ख१
-   संसार,संम्बाद जस्ता शिरबिन्दु लागेका अक्षरहरु

३, अन्य जानकारी :- 
              आधा अक्षर र हलन्त काटिएको अक्षरको गणना हुँदैन यी अक्षरले आफु रहेको ठाँउ भन्दा अघिल्ला अक्षरलाई दीर्घ बनाउने काम गर्छन् ।
जस्तै __ कल्पना ___> कल् (२)+ प(१)+ ना(२)
यो उच्चारणको हिसाबले हुने गर्छ, जस्तै अर्को उदाहरण हेरौं - समात्यो __ स(१) + मा(२)+ त्यो(२)
- अन्याय __ अन्(२)+ न्या(२)+ य(१)
- बल्झियो __ बल् +झि +यो (आधा अक्षर अघिल्लो बर्णमा पर्छ वा पछिल्लो बर्णमा पर्छ त्यो उच्चारणमा भर पर्ने गर्दछ
यदि अघिल्लो बर्णमा आधी अक्षर गाँसियो भने मात्र अघिल्लो वर्ण दीर्घ हुनेगर्दछ । )

-    क्र,ख्र,जस्ता खुट्टा चिरिएका अक्षरहरु आफुत ह्र्स्व हुन्छन् तर तिनले आफू भन्दा अघिल्ला अक्षरलाई दीर्घ बनाउने काम गर्छन्
जस्तै __  > चक्र = चक्(२)+ र (१)
             > बिग्रियो = बिग् (२)+ रि(१) + यो(२)
-    सबैलाई भ्रममा पार्न सक्ने संयुक्त अक्षरहरु क्ष,त्र,ज्ञ,द्द आफू स्वयं ह्र्स्व हुन तर तिनले आफुभन्दा अघिल्ला अक्षरलाई दीर्घ बनाउछन ।
जस्तै -- लक्ष -----> लछ् (२)+ क्ष(१) #उच्चारण_गरेर_पनि_सजिलै_थाहा_पाउन_सकिन्छ ।

- बहर पंक्तिको अन्तिम वर्ण ह्रस्व वा दीर्घ जे भएपनी दीर्घ नै मान्ने गरिन्छ ।
जस्तै -
गरेको छु यात्रा सफल  हुन्छ हुन्न
मनैले  भनेझैं  असल  हुन्छ  हुन्न
(जीपीएस शरद)

गरेको   / छु यात्रा / सफल् हुन् / छ हुन्न
(१२२  /   १२२   /     १२२    /  १२२)
मनैले  / भनेझैं   / असल् हुन् / छ हुन्न
(१२२/   १२२  /     १२२   /   १२२)
#यहाँ अन्तिम वर्ण "न" ह्रस्व(१) भएपनी बहरमा दीर्घ(२) मानिन्छ ।
सफल ---> स१फ१ल१---->स१फल्२
असल ---> अ१स१ल१ ---->अ१सल्२
आवश्यकता र उच्चारण अनुसार अजन्त लेखिएका वर्णहरू पनि बहरमा हलन्त गनिन्छन् ।
धन्यवाद ।
शुभ रात्री ।।
---------------------------------------------------------------

बहरको परिचय

बहर परिचय
उर्दू, फारसीमा छन्दलाई बहर भनिन्छ । गजलमा बहर भन्नाले लयबद्धता हो । लय वा गेयात्मकता प्रदान गर्ने सूत्रबद्ध लेखन नै बहर हो भन्न सकिन्छ । निश्चित सूत्र, रुक्न र अर्कानको उचित संयोजन र लयको एकरूपता नै बहर हो । पिङ्गल छन्दमा गण र मात्राको आधारमा छन्दको निर्माण भएजस्तै फारसीमा रुक्न र अर्कानको मेलबाट बहरको निर्माण हुन्छ ।

उर्दू फारसीमा कति बहर प्रचलनमा छन् भन्नेबारेमा विद्वानहरूबीच एकमत पाइँदैन । कसैले एक दर्जन, कसैले दुई दर्जन त कसैले पाँच दर्जन बहरको प्रयोग भएको बताएका छन् । जे भए तापनि उर्दू फारसीमा बहरमा गजललेखन परम्परा हिजो र आज पनि कायम छ ।

रुक्न
रुक्न भन्नाले उर्दू फारसी छन्दमा प्रयोग हुने गणहरू हुन् । अथवा पिङ्गल छन्दमा गण भनेजस्तै बहरमा गणलाई रुक्न भनिन्छ । पिङ्गल छन्दमा यमाताराजभानस गरी आठओटा गण भएजस्तै बहरमा पनि विभिन्न गणहरू छन्, तिनलाई रुक्न भनिन्छ । फारसीमा प्रयोग हुने रुक्नहरू यसप्रकार छन् ः
१) फा, फिइ् २
२) फअल् १२
३) फिइ्लुन्, फेलुन् २२
४) फाइलुन् २१२
५) मफ्ऊल २२१
६) फऊलुन् १२२
७) फाइलातुन् २१२२
८) मफाईलुन् १२२२
९) फिइलातुन् ११२२
१०) मुफाइलुन् १२१२
११) मुफाईल १२२१
१२) फाइलात २१२१
१३) मुस्तफ्इलुन् २२१२
१४) फिइलात ११२१
१५) मुफ्तइलुन् २११२
१६) मुतुफाइलुन् ११२१२
१७) मुफ्तइलातुन् २११२२
१८) मुफाइलतुन् १२११२
१९) मुतुफाइलतुन् ११२११२
२०) मुफाइलातुन् १२१२२
प्रस्तुत रुक्नहरूमा (१) ले ह्रस्वलाई सङ्केत गर्दछ भने (२) ले दीर्घलाई सङ्केत गर्दछ ।
यिनै रुक्नहरूको बारम्बारता हुँदा या यिनै रुक्नहरू दोहोरिँदा बहरको निर्माण हुन्छ । यी रुक्नहरू नै बहर निर्माण गर्ने आवश्यक घटकहरू हुन् ।

Saturday, October 24, 2015

मरुभूमिमा अनेक सपना सजाउँदा मैले

-गजल

मरुभूमिमा अनेक  सपना सजाउँदा मैले  ।
यो जिउदो शरीरलाई लास बनाउँदा मैले  ।।

दिन प्रतिदिन हराउदै छन , खुसीहरु पनि।
दुख र पिडाहरु  संग, मीत लगाउँदा मैले ।।

यादहरु आउन छोडे आफ्नै जन्मभुमिका ।
ती  आउने  यादहरु लाई  जलाउँदा मैले ।।

न भोक लाग्छ , न प्यास लाग्छ , अचेल ।
बासी  सडे  गलेको खाना पचाउँदा मैले ।।

राज तिमिल्सेना
बाजुरा

Sunday, October 18, 2015

मनमा अशान्ती छायो ।


गजल

मनमा अशान्ति छायो ।
ॠणको बर्षात आयो ।।

बस्तिमा  हुरि  चलेर ।
घरको  छानो उडायो ।।

बर्षाको  बाढीले  गर्दा ।
झुलेको धान  बगायो ।।

लाखौं कमाउन्छु भन्थो ।
प्रदेश  मै  छोरो  हरायो ।।

पक्षपाती  दैबले  गर्दा ।
फेरि यो दशैमा रुवायो ।।

राज तिमिल्सेना
बाजुरा, कोटिला १

Thursday, October 15, 2015

हस्तरेखा हेरेर भविष्य भन्छ्न ज्योतिषले

हस्तरेखा हेरेर भविस्य भन्छ्न ज्योतिषले ।
अपराध बुझेर न्याय दिन्छ्न न्यायाधीशले ।।

देश र जनताको रक्षा गर्ने रास्ट्र सेवकहरुले ।
अपराधीहरुबाट घुस खान्छ्न पुलिसले ।।

हरेस नलिनु आफ्नै जिन्दगीको यात्रा देखि ।
प्रगती  भएर छोड्छ मेहनत र कोसिसले ।।

बिश्वास गर्नु भुल रैछ यो स्वार्थी दुनियाँमा ।
स्वार्थ लुटेर भागेका छन आफ्नै मानिसले ।।

राज तिमिल्सेना

सुख किन्न पाईने भए रुपियाँले

-------गजल-------------
सुख  किन्न  पाईने  भए  रुपियाँले ।
किन भारी बोक्थे होलान भरियाले ।।

गरिबको मर्म बुझ्ने,सरकार नभएर ।
गाउँमा राज्य गरेका छ्न् बलियाले ।।

पहिला गाउँघरमै समस्या हल हुन्थो ।
मुद्रा मामिला  मिलाउन्थे  मुखियाले ।।

बिश्व कै  शक्तिशाली राष्ट्र  ठान्नेलाई ।
धम्की  दिदै  छ ,चिनलाई  रसियाले ।।

राज तिमिल्सेना
बाजुरा,कोटिला १

Monday, October 5, 2015

कलम चल्छ हातमा चल्दैन खुकुरी

मुक्तक
कलम चल्छ हातमा चल्दैन खुकुरी ।
चुलबुले  बानी मेरो , गर्छु  चुरिफुरी ।।
इमानदारी छु म । हेप्न  प्रयास नगर ।
संकट  परे  देखाई  दिन्छु बहादुरी ।।

राज तिमिल्सेना

Sunday, October 4, 2015

बरदान दिदा पाप भए पछि

======मुक्तक==========
कसैको पुण्य गर्दा पाप भए पछि ।।
बरदान दिँदा पनि सराप भए पछि ।।
दोषी बन्न सक्छ्न,सच्चा प्रेमीहरु ।
माया प्रेम तराजुमा नाप भए पछि ।।

राज तिमिल्सेना
बाजुरा ,

शुभ बिहानी

सोच बदले पछि बिचार बदले पछि

=======गजल============
मैले  सोच बदले पछि ,बिचार  बदले पछि ।
केही गर्छु होला अब यो निधार बदले पछि ।।

जस्ले  मेरो निम्ति सारा दुनियाँ भुलेको थि ।
उसै बाट धोका भयो यार प्यार बदले पछि ।।

महिना  पिच्छे सत्ता ढाल्ने कस्तो राजनीति ।
हुदैन  बिकाश बारम्बार सरकार बदले पछि ।।

दुनियाँले  देख्ने छ , मेरा दुर्गती र प्रगतीहरु ।
छ्क्क पर्ने छ दुनियाँ मैले संसार बदले पछि ।।

राज तिमिल्सेना
बाजुरा,कोटिला १