-------गजल-------------
सुख किन्न पाईने भए रुपियाँले ।
किन भारी बोक्थे होलान भरियाले ।।
गरिबको मर्म बुझ्ने,सरकार नभएर ।
गाउँमा राज्य गरेका छ्न् बलियाले ।।
पहिला गाउँघरमै समस्या हल हुन्थो ।
मुद्रा मामिला मिलाउन्थे मुखियाले ।।
बिश्व कै शक्तिशाली राष्ट्र ठान्नेलाई ।
धम्की दिदै छ ,चिनलाई रसियाले ।।
राज तिमिल्सेना
बाजुरा,कोटिला १
No comments:
Post a Comment