Saturday, October 31, 2015

बहरको परिचय

बहर परिचय
उर्दू, फारसीमा छन्दलाई बहर भनिन्छ । गजलमा बहर भन्नाले लयबद्धता हो । लय वा गेयात्मकता प्रदान गर्ने सूत्रबद्ध लेखन नै बहर हो भन्न सकिन्छ । निश्चित सूत्र, रुक्न र अर्कानको उचित संयोजन र लयको एकरूपता नै बहर हो । पिङ्गल छन्दमा गण र मात्राको आधारमा छन्दको निर्माण भएजस्तै फारसीमा रुक्न र अर्कानको मेलबाट बहरको निर्माण हुन्छ ।

उर्दू फारसीमा कति बहर प्रचलनमा छन् भन्नेबारेमा विद्वानहरूबीच एकमत पाइँदैन । कसैले एक दर्जन, कसैले दुई दर्जन त कसैले पाँच दर्जन बहरको प्रयोग भएको बताएका छन् । जे भए तापनि उर्दू फारसीमा बहरमा गजललेखन परम्परा हिजो र आज पनि कायम छ ।

रुक्न
रुक्न भन्नाले उर्दू फारसी छन्दमा प्रयोग हुने गणहरू हुन् । अथवा पिङ्गल छन्दमा गण भनेजस्तै बहरमा गणलाई रुक्न भनिन्छ । पिङ्गल छन्दमा यमाताराजभानस गरी आठओटा गण भएजस्तै बहरमा पनि विभिन्न गणहरू छन्, तिनलाई रुक्न भनिन्छ । फारसीमा प्रयोग हुने रुक्नहरू यसप्रकार छन् ः
१) फा, फिइ् २
२) फअल् १२
३) फिइ्लुन्, फेलुन् २२
४) फाइलुन् २१२
५) मफ्ऊल २२१
६) फऊलुन् १२२
७) फाइलातुन् २१२२
८) मफाईलुन् १२२२
९) फिइलातुन् ११२२
१०) मुफाइलुन् १२१२
११) मुफाईल १२२१
१२) फाइलात २१२१
१३) मुस्तफ्इलुन् २२१२
१४) फिइलात ११२१
१५) मुफ्तइलुन् २११२
१६) मुतुफाइलुन् ११२१२
१७) मुफ्तइलातुन् २११२२
१८) मुफाइलतुन् १२११२
१९) मुतुफाइलतुन् ११२११२
२०) मुफाइलातुन् १२१२२
प्रस्तुत रुक्नहरूमा (१) ले ह्रस्वलाई सङ्केत गर्दछ भने (२) ले दीर्घलाई सङ्केत गर्दछ ।
यिनै रुक्नहरूको बारम्बारता हुँदा या यिनै रुक्नहरू दोहोरिँदा बहरको निर्माण हुन्छ । यी रुक्नहरू नै बहर निर्माण गर्ने आवश्यक घटकहरू हुन् ।

No comments:

Post a Comment