केस्रा :- नेपाली राजनीति
रोडमा जन्ताको हानाहान ।
नेतालाई कुर्ची तानाहान ।
देशभक्तलाई फाँसी हुँदा ।
देशद्रोहीलाई नै सम्मान ।
संसद भित्र छ हानाहान ।
छ सय एक नै बलवान् ।।
राज तिमिल्सेना
बाजुरा कोटिला १
केस्रा :- नेपाली राजनीति
रोडमा जन्ताको हानाहान ।
नेतालाई कुर्ची तानाहान ।
देशभक्तलाई फाँसी हुँदा ।
देशद्रोहीलाई नै सम्मान ।
संसद भित्र छ हानाहान ।
छ सय एक नै बलवान् ।।
राज तिमिल्सेना
बाजुरा कोटिला १
केस्रा = प्रलय
आयो विनास्कारी प्रलय ,
भयो छिया छिया हृदय ।।
दिन,महिना बर्ष बित्छ ,
रोक्दा नरोकिने समय ।।
कसरी आउन्छ प्रलय ,
जान्छ दिएर परिचय ।।
राज तिमिल्सेना
बाजुरा, कोटिला १
गजल
जता जान्छु उतै प्यार भेटिन्छ ।
माया ममताको भन्डार भेटिन्छ ।।
रङ्गिन दुनियाँ भित्र रमाए पछि ।।
दु:ख भुलाउने संसार भेटिन्छ ।।
सत्रुले मुखबाट रामराम बोले पनि ।
रिसालु रिसालु अनुहार भेटिन्छ ।।
मेरा हरेक कार्यमा गल्ती भेटिन्छ्न।
र पो गल्ती सुधार्ने आधार भटिन्छ ।।
जवर्जस्ती कसैलाई बिहे गराएमा ।
बर्ष नबित्तै उजाड घरवार भेटिन्छ ।।
राज तिमिल्सेना
बाजुरा कोटिला १
गजल --------------
आर्यघाटमा महल बनाए ,मसान चुपचाप छ्न ।
मन्दिरबाट मुर्ती चोरिए ,भगवान चुपचाप छन ।।
सीता घरमै छोडेर राम बिदेश जान्छ्न अचेल ।
घरबाट सीता हरण हुदाँ हनुमान चुपचाप छ्न ।।
जलको सट्टा सराब चढाउन्छ्न देउताको नाममा
मन्दिरका पुजारी बाहुन ,सन्तान चुपचाप छन ।।
हिन्दुको अपमान गर्दै हिड्छन धर्म बिरोधिहरु ।
बम्ह्रा ,बिष्णुले जर्माएका ,बरदान चुपचाप छन ।।
राज तिमिल्सेना
बाजुरा,कोटिला १