Friday, August 14, 2015

तिमी नामि म बदनामी भएको छु

तिमी नामी म बदनामी भएको छु ।
त्यसैले त अचेल हरामी भएको छु ।।
म मरे पछि खुसी हुन्छु भन्नेको ।
आज उस्कै म मलामी भएको छु ।।
तिमी मेरो घाटिको हाड बनेकी थियौ ।
तिम्ले छोडेपछि झन दामी भएको छु ।।
बाध्यताले प्रेदेशी बन्न पुगेको हुँ ।
यहि प्रदेशमा म ज्यामी भएको छु ।।

No comments:

Post a Comment