Friday, August 14, 2015

‎गजल‬ -तिमी हारेर पनि


तिमी हारेर पनि जित्न खोज्दैछौ ।
जबर्जस्ति कानुन मिच्न खोज्दैछौ।।
कति गाह्रो हुन्छ। साँचो माया पाउन ।
किन पैसामा माया किन्न खोज्दैछौ ।।
जस्ले तिम्लाई धर्तिमा जन्म दिईन ।
अ रे उनै आमालाई पिट्न खोज्दैछौ ।।
लाखौं कमाउन्छु भनेर खाडी पस्यौ ।
बालुवा चालेर के टिप्न खोज्दैछौ ।।
राजले जस्तो सुकै युद्ध पनि हार्दैन ।
जानिजानी म संग भिड्न खोज्दैछौ ।।

Raaz Timilsena
बाजुरा , कोटिला १

No comments:

Post a Comment