Friday, August 14, 2015

गजल‬ - के गर्छौ नेता


संबिधान किताबमा लेखेर के गर्छौ नेता ।
बिदेशी नेताहरुलाई भेटेर के गर्छौ नेता ।।
देशको ढाँचा संघीय धरापमा बदलेर ।
मेची देखि माहाकालि बेचेर के गर्छौ नेता ।।
बन्द,हडताल उस्तै हुन्छ? देशमा फेरि पनि ।
सुर्यलाई हत्केलाले छेकेर के गर्छौ नेता ।।
रातारात यहाँ देशको सिमाना मिचिदै छ ।
पुरानो देशको नक्सा हेरेर के गर्छौ नेता l।
देशमा बिकासको मुल फुटाउन सक्दैनौं ।
युवालाई खाडी तिर पेलेर के गर्छौ नेता ।।

Raaz Timilsena
बाजुरा,कोटीला १

No comments:

Post a Comment