यहीँ जन्मियो यहीँ मर्नु छ मैले ।
मर्नु भन्दा अघि केही गर्नु छ मैले ।।
जवानिमा मगमगाउदौ भए पनि ।
फुल झै ओईलिएर झर्नु छ मैले ।।
फुल झै ओईलिएर झर्नु छ मैले ।।
पिठ्युँमा गरुङ्गो भारी बोकेर ।
गहिरो सागरको पानी तर्नु छ मैले ।।
गहिरो सागरको पानी तर्नु छ मैले ।।
आफ्नैले बिस्वासघात गरिदिन्छ्न ।
स्वार्थी दुनियाँ देखि डर्नु छ मैले ।।
स्वार्थी दुनियाँ देखि डर्नु छ मैले ।।
जुनि भर नछुट्टिने बाचा कस्सम छ ।
बाचुनजेल उन्कै भर पर्नु छ मैले ।।
बाचुनजेल उन्कै भर पर्नु छ मैले ।।
राज तिमिल्सेना
बाजुरा
बाजुरा
No comments:
Post a Comment