Monday, September 28, 2015

जिन्दगी परिवर्तनको शिलशिलामा

जिन्दगी परिवर्तनको सिलसिलामा छु ।
वाधा  अबरोध  गर्ने खुट्किलामा  छु ।
राहु, केतु ले भरिएको भाग्य रैछ मेरो ।
बचपन  देखि  नै मुद्दा  मामिलामा छु ।।
राज तिमिल्सेना
बाजुरा

देशको राष्ट्रपति भए पछि

उन्को भन्दा राम्री मेरि श्रीमती भए पछि ।
आफन्तले रिस गर्छ्न  प्रगती भए पछि ।।
सानो-सानो कुरा यति रिस बोक्नेहरुले ।
के गर्लान म  देशको राष्ट्रपती भए पछि ।।

Friday, September 25, 2015

मौका छोप्छ्न सत्रुले भाइ फुटे पछि

___________गजल______________
मौका छोप्छ्न् सत्रुले भाइ फुटे पछि ।
रमाउन्छ्न्  दुनियाँ  स्वार्थ लुटे पछि ।।

बस्ती छोड्न बाध्य बनाउन सक्छ्न् ।
आफ्नै गाउँभरिका दुश्मन जुटे पछि ।।

विरको विरतामा दाग  लगाउदैन्छ्न्  ।
राज्य पाईन्छे रे राष्ट्रसेवक कुटे पछि ।।

तिम्रो बस्ती छोडेर,जाँदै छु धेरै टाढा ।
रमाएर बस्नु , भेट नभई  छुटे  पछि ।।

राज तिमिल्सेना
बाजुरा,कोटिला १

म हुँ नेपाली

केस्रा
शीर्षक :- म हुँ नेपाली

यो नेपालिको साहस मर्दैन ।
बिश्वमा चन्द्र र सुर्य झुक्दैन ।

देशकोलागि यो ज्यान बाजिमा ।
चाहे युद्ध होस पछि सर्दैन ।।

बिरहरुको विरता मर्दैन ।
सत्रुको भर नेपाली पर्दैन ।।

राज तिमिल्सेना

प्यार किन्छु भन्दिन म

________गजल______________
मुट्टु झिकी उपहार दिन्छु भन्दिन म ।
पैसा  तिरेर  प्यार   किन्छु भन्दिन म ।।

आफन्त नै पराई बन्दो रहेछ्न दुखमा ।
स्वार्थी  दुनियाँलाई  चिन्छु  भन्दिन म ।।

भुलेर कतै तिम्रा  यादहरु  आए पनि ।
पलपल तिम्लाई सम्झिन्छु भन्दिन म ।।

भाग्य लेख्ने बिधाताले के लेखेको छ ।
कसैको हाँसो खुसि छिन्छु भन्दिन म ।।

पराई बन्नु  बाध्यता  छ तिम्ले र मैले ।
प्यारको सट्टा बदला लिन्छु भन्दिन म ।।

राज तिमिल्सेना
बाजुरा

म हुँ नेपालि

केस्रा
शीर्षक :- म हुँ नेपाली

यो नेपालिको साहस मर्दैन ।
बिश्वमा चन्द्र र सुर्य झुक्दैन ।

देशकोलागि यो ज्यान बाजिमा ।
चाहे युद्ध होस पछि सर्दैन ।।

बिरहरुको विरता मर्दैन ।
सत्रुको भर नेपाली पर्दैन ।।

राज तिमिल्सेना

Wednesday, September 23, 2015

डर्दैन नेपालि

मुक्तक
चाहे युद्ध होस पछि सर्दैन नेपाली ।
भारतको  धम्किले  डर्दैन  नेपाली ।।
बस्छौ हामी आफ्नै देश भित्र मिलेर ।
सामान्ती राष्ट्रको भर पर्दैन  नेपाली ।।
राज तिमिल्सेना
बाजुरा

Thursday, September 17, 2015

नयाँ संबिधानको दिप बाल्नु पर्छ अब

-गजल
नयाँ संविधानको दिप बाल्नु पर्छ अब ।
गाउँ  बस्तीबाट कदम चाल्नु पर्छ अब ।।

बारम्बार देशभक्त  सहिद  बनेका छ्न ।
देशद्रोहिहरुको शासन ढाल्नु पर्छ अब ।।

कयौं समाजहरु अन्धकार मै छन अझै ।
समाजको  कुसंस्कार फाल्नु पर्छ अब ।।

पेट भरी खाना छैन, झुपडी बासिलाई ।
सरकारले गरिबलाई  पाल्नु  पर्छ अब ।।

बाजे बाउले एउटै नेतालाई रोजेका छ्न ।
सक्षम नेता  खोजी भोट हान्नु पर्छ अब ।।

Raaz Timilsena
बाजुरा

Monday, September 14, 2015

केस्रा संकलन

१) केस्रा :-
शीर्षक :-नेपाली राजनीति

रोडमा जन्ताको हानाहान ।
नेतालाई  कुर्ची  तानातान ।

देशभक्तलाई  फाँसी  हुँदा ।
देशद्रोहीलाई  नै सम्मान ।

संसद भित्र  छ  हानाहान ।
छ  सय  एक नै  बलवान् ।।

२)
केस्रा

शिर्षक :-"वेदना"

यो मुट्टुलाई निसाना बनायौ ,
क्रोधमा आएर तिर चलायौ ।।

जुनि भर साथ दिन्छु भन्नेले ,
किन मेरो त्यो तस्बिर जलायौ ।।

अचेल  मलाई  एक्लै  बनायौ ,
पिरतिको चिनो अन्तै फलायौ ।।

३) केस्रा
शिर्षक :- प्रगती

पैसा कमाउने आधार देखेर ।
व्यापार गरिन्छ फाइदा हेरेर ।।

उ तेसै मालिक भएको होइन ।
बिहान बेलुका देउता पुजेर ।।

शत्रु बड्दैछ्न प्रगती देखेर ।
व्यापारले उस्को गुजरा चलेर ।।

४)
केस्रा = प्रलय

आयो माहामारी प्रलय ,
भयो छिया छिया हृदय ।।

दिन,महिना  बर्ष  बित्छ ,
रोक्दा  नरोकिने  समय ।।

कसरी  आउन्छ  प्रलय ,
जान्छ  दिएर  परिचय ।।

५)
केस्रा_
शिर्षक :- "पागल बुढी "

निन्दा भङ्ग गरायौ ।
रात   भरी  करायौ ।।

नाङ्गै हिड्छु भन्नेले ।
के  सोचेर  लजायौ।।

जोर  संग  करायौ ।
गाउँ  भरी  सुनायौ ।।

६)

#केस्रा        दोश्रो कोसिस

शीर्षक :- भाग्य लुटेको मान्छे

खुसी सबै दुस्मनले लुटेपछी,
अभागी मेरो निधार फुटेपछी ।

ऊ बिना जिउन गाह्रो भो मलाई,
उनको मेरो  सम्बन्ध  टुटेपछी ।

बाँकी रहेको प्यार नि लुटेपछी,
गाह्रो हुन्छ अब सत्रु जुटेपछी ।

७) केस्रा                     

शिर्षक :- "पहिचान"

मौदगल्य गोत्रका सन्तान ।
ईश्वरका हुन वरदान ।

सुन्दर सान्त बस्तिहरुमा ।
बस्छ्न मिलिजुली समान ।।

बस्ती बस्तिमा जुटौं सन्तान
देखाउनु हाम्रो पहिचान ।।

राज तिमिल्सेना
बाजुरा










अर्कैको सिउदो भरे पछि आयो

गजल
आश  भरोसा  सबै मरे पछि आयौ ।
त्यो दिलबाट अन्तै सरे पछि आयौ ।।

पिरतिको बिरुवा फुल्न नपाई हाम्रो ।
अर्कै  संग  घरजम  गरे  पछि आयौ ।।

तिम्रै खुसिको लागी  हिड्दै थिए म ।
दुनियाँको नरबाट झरे पछि आयौ ।।

मलाई पीडा  हुदा  छोडेर गयौ किन ।
जब अर्कैको सिउँदो भरे पछि आयौ ।।

जुन  भरी  साथ  दिन्छु भन्ने निष्ठुरीले ।
धौधौ गरि खोली बगर तरे पछि आयौ ।।

राज तिमिल्सेना
बाजुरा,कोटिला १

Thursday, September 10, 2015

व्यापार गर्न्छ फाईदा हेरेर

केस्रा
शिर्षक :- प्रगती

पैसा कमाउने आधार देखेर ।
व्यापार गरिन्छ फाइदा हेरेर ।।

उ तेसै मालिक भएको होइन ।
बिहान बेलुका देउता पुजेर ।।

शत्रु बड्दैछ्न प्रगती देखेर ।
व्यापारले उस्को गुजरा चलेर ।।
राज तिमिल्सेना
बाजुरा

Wednesday, September 9, 2015

नोक्सानी भएको छ


गजल
नाफा भन्दा बढी नोक्सानी भएको छ ।
पुर्जी बिना जंगल फडानी भएको छ ।।

आफ्नै  घर  बालेर आगो ताप्दै छु म ।
घर  जलेर  पुरै   खरानी  भएको  छ ।।

बर्षौ  देखिको  राज्यको  मुल  ढुकुटी ।
अहिले  सम्म  कहाँ लगानी भएको छ ।।

भष्ट्राचारीहरुले देश चलाउन थालेपछी ।
बहुमुल्य धातु बिदेश चलानी भएको छ ।।

राज तिमिल्सेना
बाजुरा,कोटिला १



https://m.facebook.com/profile.php?id=534823893336302


Monday, September 7, 2015

जान्छु प्रदेश राहादानी बनाएर

गजल
जान्छु प्रदेश अब राहादानी बनाएर ।
फर्किन्छु स्वदेश जिन्दागानी बनाएर ।।

इतिहासमा नाम लेखेर मर्ने सोच छ ।
मुना मदनको जस्तो कहानी बनाएर ।।

ठुला  महलमा वास बसाल्छु भन्दिन ।
बसाल्छु म दिल भित्रकी रानी बनाएर ।।

कि प्रगती कि दुर्गती हुन्छ अब देशमा ।
ठाउँ ठाउँमा प्रायन्ती राजधानी बनाएर ।

भट्टीवालाले  सजिलै  ठगिदिन्छ्न यार  ।
बेच्छ्न अचेल रक्सिलाई पानी बनाएर ।।

राज तिमिल्सेना
बाजुरा,कोटिला १

Tuesday, September 1, 2015

देश बिदेश धाएको छु मैले

गजल
देश  बिदेश धाएको  छु मैले ।
अनेक दुख  पाएको  छु मैले ।।

साँवा, ब्याज हर्जना तिरे पनि ।
साउको ॠण बुझाएको छु मैले ।।

पहिले देखि चुने  घरको छानो ।
जस्ता पाताले छाएको छु मैले ।।

रातादिन मालिक कै दास हुँदा ।
बासी सडेको  खाएको छु मैले ।।

लास्टमा यति भने त सक्किगोनी ।
निशालाई  मन  पराएको छु मैले ।।

राज तिमिल्सेना
बाजुरा, कोटिला १
हाल :- मलेसिया,( केलाङ )


संका किन लाग्छ यार श्रीमतीको

#गजल
संका किन लाग्छ यार श्रीमतिको ।
अचेल चाला  फरक छ पिरतिको ।।

मन ले सोचेको पूरा हुन भए दिए ।
पुजा  गथे  म  महादेव  पार्वतिको ।।

देशले सैनिक शासन मागिरहेको छ ।
आदेश  आउदैन  किन राष्ट्र्पतीको ।।

परिमाण उल्टो हुन्छ ? खाए पछि ।
भरोसा हुदैन  सडेका  ओखतिको ।।

राज तिमिल्सेना
बाजुरा ,कोटिला १