Monday, September 14, 2015

अर्कैको सिउदो भरे पछि आयो

गजल
आश  भरोसा  सबै मरे पछि आयौ ।
त्यो दिलबाट अन्तै सरे पछि आयौ ।।

पिरतिको बिरुवा फुल्न नपाई हाम्रो ।
अर्कै  संग  घरजम  गरे  पछि आयौ ।।

तिम्रै खुसिको लागी  हिड्दै थिए म ।
दुनियाँको नरबाट झरे पछि आयौ ।।

मलाई पीडा  हुदा  छोडेर गयौ किन ।
जब अर्कैको सिउँदो भरे पछि आयौ ।।

जुन  भरी  साथ  दिन्छु भन्ने निष्ठुरीले ।
धौधौ गरि खोली बगर तरे पछि आयौ ।।

राज तिमिल्सेना
बाजुरा,कोटिला १

No comments:

Post a Comment