गजल
देश बिदेश धाएको छु मैले ।
अनेक दुख पाएको छु मैले ।।
साँवा, ब्याज हर्जना तिरे पनि ।
साउको ॠण बुझाएको छु मैले ।।
पहिले देखि चुने घरको छानो ।
जस्ता पाताले छाएको छु मैले ।।
रातादिन मालिक कै दास हुँदा ।
बासी सडेको खाएको छु मैले ।।
लास्टमा यति भने त सक्किगोनी ।
निशालाई मन पराएको छु मैले ।।
राज तिमिल्सेना
बाजुरा, कोटिला १
हाल :- मलेसिया,( केलाङ )
No comments:
Post a Comment