गजल
नाफा भन्दा बढी नोक्सानी भएको छ ।
पुर्जी बिना जंगल फडानी भएको छ ।।
आफ्नै घर बालेर आगो ताप्दै छु म ।
घर जलेर पुरै खरानी भएको छ ।।
बर्षौ देखिको राज्यको मुल ढुकुटी ।
अहिले सम्म कहाँ लगानी भएको छ ।।
भष्ट्राचारीहरुले देश चलाउन थालेपछी ।
बहुमुल्य धातु बिदेश चलानी भएको छ ।।
राज तिमिल्सेना
बाजुरा,कोटिला १
https://m.facebook.com/profile.php?id=534823893336302
No comments:
Post a Comment