Tuesday, September 1, 2015

संका किन लाग्छ यार श्रीमतीको

#गजल
संका किन लाग्छ यार श्रीमतिको ।
अचेल चाला  फरक छ पिरतिको ।।

मन ले सोचेको पूरा हुन भए दिए ।
पुजा  गथे  म  महादेव  पार्वतिको ।।

देशले सैनिक शासन मागिरहेको छ ।
आदेश  आउदैन  किन राष्ट्र्पतीको ।।

परिमाण उल्टो हुन्छ ? खाए पछि ।
भरोसा हुदैन  सडेका  ओखतिको ।।

राज तिमिल्सेना
बाजुरा ,कोटिला १

No comments:

Post a Comment