Monday, September 7, 2015

जान्छु प्रदेश राहादानी बनाएर

गजल
जान्छु प्रदेश अब राहादानी बनाएर ।
फर्किन्छु स्वदेश जिन्दागानी बनाएर ।।

इतिहासमा नाम लेखेर मर्ने सोच छ ।
मुना मदनको जस्तो कहानी बनाएर ।।

ठुला  महलमा वास बसाल्छु भन्दिन ।
बसाल्छु म दिल भित्रकी रानी बनाएर ।।

कि प्रगती कि दुर्गती हुन्छ अब देशमा ।
ठाउँ ठाउँमा प्रायन्ती राजधानी बनाएर ।

भट्टीवालाले  सजिलै  ठगिदिन्छ्न यार  ।
बेच्छ्न अचेल रक्सिलाई पानी बनाएर ।।

राज तिमिल्सेना
बाजुरा,कोटिला १

No comments:

Post a Comment